सोल-अन्तरराष्ट्रिय साहित्य समाज दक्षिण कोरियाले यहि आउंदो मे ७ मा प्रथम एसिया नेपाली साहित्य सम्मेलन तथा विश्व काव्य गोष्ठी गर्ने भएको छ । सम्मेलन सोलस्थित नेपाल हाउसमा हुने भएको हो|
सम्मेलनमा एशियाका नेपाल, भारत, जापान, बर्मा, भूटान, बंगलादेश, कोरिया, हंगकंग, ताइवान, बंगलादेश, चीन, इजरायल, कुवेत, कतार लगायतबाट नेपाली साहित्यकारहरुको सहभागिता रहने छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष पदम विश्वकर्माले नेपाली साहित्यको इतिहासमा एशियामा नै यो पहिलो नेपाली साहित्य सम्मलेन भएकोले बिशेष महत्व राखेको बताए |यस्तै गरी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका बरिष्ठ उपाध्यक्ष राधेश्याम लेकालीले एशियाका बिभिन्न मुलुकहरुमा अनेसासका च्याप्टरहरु गठन हुने क्रम निरन्तर रहेकोले यस सम्मेलन पश्चात् नेपालीहरुको बसोबास रहेका अन्य मुलुकहरुमा पनि अनेसासका च्याप्टरहरु गठन हुने बताए |
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका एशियाका क्षेत्रीय उपाध्यक्ष प्रकाश पौडेल माइलाले कार्यक्रममा एशिया क्षेत्रीय समिति गठन हुने र उक्त समितिले सो क्षेत्रमा नेपाली भाषा र साहित्यको विकासमा बिभिन्न कार्यहरुको थालनी गर्ने उल्लेख गरे |
कोरिया च्याप्टरका अध्यक्ष कृश गुल्मेली बाबुले सम्मेलनमा नेपाली साहित्यिक गतिविधिहरुको प्रतिबेदन प्रस्तुत हुनुका साथै विश्व काव्य गोष्ठीको आयोजना हुने हुनाले एशियाका बिभिन्न राष्ट्रहरुका अनेसास च्याप्टर पदाधिकारीहरु, अनेसासका आजीवन सदस्यहरु, नेपाली साहित्यका अन्य संघ संस्थाका प्रतिनिधिहरु र नेपाली साहित्यलाई माया गर्ने महानुभावहरुलाई यस सम्मेलनमा सहभागी हुन आव्हान गरे |
अनेसास कोरिया स्थापनाकालदेखि नै नेपाली भाषा साहित्यको संरक्षण, प्रवर्ध्दन र श्रीवृद्धिका निमित्त अनवरत क्रियाशील रही आएको र देश-विदेशका वाङ्मयका साधक-स्रष्टाहरुलाई एकै ठाउँमा ल्याउने उद्देश्यले यस साहित्य सम्मेलन गर्न लागिएको अनेसास कोरियाका संयोजक प्रमोद सारंगको भनाइ छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस