ओ हिंऊ गोरी,
नठान्नु अचेल
मैले तिमीलाई बेवास्ता गरें
ठुला ठुला अक्षरमा
सेताम्य हिंऊ माथि
हिजो भर्खरमात्रै लेखेको थिंए
मैले सबैभन्दा बढी सम्झिने
तिम्रो …. नाम |
सायद,
मेरो मस्तिष्क तिमीले पढ्न सक्ने
कुनै यन्त्र आविष्कार भैदिए
पक्कै पनि
तिम्रो ‘बिश्वाश’बाट म
दोषमुक्त हुने थिएं होला |
तिमी मान या नमान
नुनिलो समुद्र पारीको देशमा
नुनिलो पसीना पिईरहदा पनि
त्यतिबेलामा मुस्कुराउन मन लाग्छ
जब डालीडाली फूल्दछन्
चेरीका रहरलाग्दा फूलहरु
तिम्रै प्रतिबिम्ब बनेर !
यो कठ्याङ्ग्रिदो चिसो पल
जब हिंऊको च्यादर ओढेर झर्दछ
अनि निशाचर समय
माईनसमा झरेको तापक्रमसंगै
नाडी छामेर सुन्दछ मेरो ढुकढुकी
तर पनि जम्दैन मेरो रगत
रोकिन्न मेरो धड्कन
जंहा,मेरो नसा नसामा
बगिरहन्छ हरदम हरपल
तिम्रो एउटा मिठो आभाष
न्यानो स्पर्श बनेर !
कवि
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस