सोल – अनेसास कोरियाले नयाँ वर्षको उपलक्ष्यमा बृहत कविता वाचन कार्यक्रम गर्ने भएको छ । ‘काव्य-सुधा’ मा अनेसास कोरियाले उत्कृष्ट कविहरुको कविता वाचन गरिने कार्यक्रमको तयारी गरेको छ ।
पहिलो सेसनमा उत्कृष्ट कविहरुको कविता वाचन र दोस्रो सेसनमा उपस्थित कविहरुको रचना वाचन राखिने अनेसास कोरियाले जनाएको छ । सो अवसरमा चर्चित कविहरु बोनम प्रताप, प्रमोद सारंग, जीवन खत्री र सरोज सर्वहाराले आफ्ना उत्कृष्ट कविताहरु वाचन गर्नुहुनेछ ।
कविताबाट शुरु हुने यो कार्यक्रम अनेसास कोरियाको “काव्य-सुधा” अन्तर्गत पहिलो श्रङ्खला हुनेछ । र, आउने समयमा गजल, मुक्तक, हाईकु आदि पनि समेट्दै जाने कुरा अनेसासले जनाएको छ ।
नेपाली साहित्यिक संस्थाहरुमा विश्वव्यापी लोकप्रियता हाँसिल गरेको अनेसासको कोरिया च्याप्टरले पछिल्लो समयमा धेरै सकृय हुँदै गएको छ र नवीन सोचका कामहरु गर्दै आइरहेको छ ।
अनेसास कोरियाले विगतका दिनहरुमा भानु जयन्ती, देवकोटा जयन्ती, श्रष्टा-कलाकार सम्मान र हरेक नयाँ वर्षमा बृहत कवि गोष्ठी आदि कार्यक्रमहरु गर्दै आएको छ । यसपालिदेखि शृङ्खलाबद्ध रचना वाचनको नयाँ थालनी गर्न लागेको अनेसास कोरियाले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस