सोल – दक्षिण कोरियामा कार्यरत नेपाली साहित्यकार लेखकहरुको लामो समयको बहस र विमर्श पछि पहिचान, सौन्दर्य चेत र समृद्द साहित्यिक संस्थाको आवश्यकता महसुस गरि गैर राजनीतिक एवं गैर सम्प्रदायिक “इत्तर आवाज“ साहित्यिक समाजको स्थापना गरिएको छ । पहिलो भेला गत आइतबार द. कोरियाको सुवन स्थित नेपाली रेस्टुरेन्टमा सम्पन्न भएको छ ।
कोरियामा रहेका पहिचान सम्बधी लेख्दै आएका कवि,लेखक तथा पत्रकारहरुको उल्लेखनीय उपस्थिती रहेको थियो । उक्त भेलामा पहिचानबादी लेखन सम्बन्धी अन्तरक्रिया साथै उपस्थित कवि तथा लेखकहरुले आ-आफ्नो बिचार राखेका थिए ।भेलामा विचार राख्ने क्रममा कवि पराजित पोमुलले इतर आवाज साहित्यिक संस्थाको लक्ष र उद्देश्य माथि प्रकाश पार्दै आगामी दिनमा विश्व भरी छरिएर रहेका पहिचानवादी लेखकहरु एक जुट हुनु पर्ने बताएका थिए ।
त्यसै गरि कवि बियोगि काइलाले नेपाली साहित्यको विकासक्रम आन्दोलन, आयाम, अभियान र पहिचानवादी साहित्य लेखनबारे धारणा राखेको थिए र कवि निर्गराज राईले इतर आवाज संस्थाको स्थापना र आवश्यकता बारे प्रस्ट पार्दै जब समाज, राष्ट्र शंकटमा हुन्छ तब कवि, लेखकको ठूलो दायित्व हुने बताएका थिए भने गायिका तथा कवि शकुन लिम्बुले वर्तमान नेपाली साहित्यमा नारी उपस्थितिको चर्चा गर्दै स्वयं आफुलाई पनि इतर आवजले हातमा कलम थमाएर थप साहित्यक जिम्मेवारी दिएकोमा खुशी व्यात्त गर्दै आफ्ना कुरा टुङ्गाएकी थिइन् ।
कार्यक्रममा उपस्थित कविहरुले पहिचानवादी कविता बेजोड का साथ सुनाएका थिए । उक्त संस्थामा कार्यसमितिको संम्रचना भने फरक ढंगले गरिएको थियो । शीर्ष्बिन्दु ,केन्द्र बिन्दु र शिरबिन्दु गरि तीन तहमा छुट्याईएका थियो । शीर्ष्बिन्दु(पराजित पोमु र बियोगी काइला।केन्द्र बिन्दुमा( सुरेससिंह सम्बाहम्फे,निर्गराज राई,केरुङ गणेश हाङ्सेम र सकुन लिम्बु। त्यसै गरि शिर बिन्दुमा( डम्बर लिम्बु,उत्तम खजुम,डोलु आले,मातृका नेम्बाङ,सजना यक्सो र बाबु साइला रहने कार्यसमिती समेत गठन गरिएको कवि डम्बर लिम्बुले जानकारी दिए ।
उक्त संस्थाले आगामी दिनमा द.कोरियामा पहिचानबादी लेखन सम्बन्धी विविध कार्यक्रम गर्ने र यसै बर्ष विश्वभित्र छरिएर रहेका नेपाली पहिचानवादी साहित्यकार (कवि)हरुको कविता संकलन गरेर नेपाली अंग्रेजी दुबै भाषामा संग्रह प्रकाशनमा ल्याउने भेलाले निर्णय गरेको कवि पराजित पोमुले जानकारी दिएको छन्।सो भेलाको अवसरमा कवि पराजित पोमुले आफ्नो कविता संग्रह ’लेप्मुहाङको डुंगाझदश थान इतर आवाज साहित्यिक समाज लाई हस्तान्तरण गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस