सोल – कोरोना भाइरससँगै दक्षिण कोरियाली खाद्य ब्यापारमा नयाँ आयामको सुरुवात भएको छ । कोरोना संक्रमण सुरु हुनु अघि सामान्य मात्र रहेको अनलाइन खाद्य ब्यापार कोरोना संक्रमणको अवधिमा भने आक्रामक रुपमा अघि बढेको तथ्याङ्कले देखाएको छ ।
श्रोतका अनुसार एसियाको चौथो ठूलो अर्थतन्त्र भएको दक्षिण कोरियामा सन् २०२० मा करिव ४३.४ ट्रिलियन वन अर्थात ३९.२ विलियन अमेरिकी डलर बराबरको खाद्य सामाग्री अनलाइन मार्फत विक्रि भएको छ । उक्त रकम अघिल्लो बर्षको भन्दा करिव ६२.४ प्रतिशत भन्दा बढी रहेको श्रोतले बताएको छ ।
सन् २०१९ मा २६.७ ट्रिलियन वनमा सिमित रहेको अनलाइन खाद्य बजार सन् २०२० मा आइपुग्दा ४० ट्रिलियन वन भन्दा माथि पुगेको हो । गत बर्ष अनलाइन बजार यसरी बढ्नुमा कोरोना संक्रमणका कारण मानिसहरुमा बजार गएर मानिसहरुसँग सम्पर्क कम गर्न दिइएको सरकारी निर्देशनको असर समेत रहेको समाचारमा बताइएको छ ।
अनलाइन मार्फत सबैभन्दा बढी खाद्यान्न, ग्रोसरी तथा माछामासु खरिद गरिएको थियो । मोबाइल मार्फत अनलाइन कारोबार गर्नेहरुको संख्या सर्वाधिक रहेको समाचारमा बताइएको छ । कुल अनलाइन कारोबारको ७० प्रतिशत हिस्सा मोबाइल खरिदको रहेको समेत समाचारमा बताइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस