सोल – दक्षिण कोरियामा कोरोना विरुद्धको खोप अभियान फेब्रुअरी २४ बाट सुरु गरिने भएको छ । खोप उत्पादक कम्पनी आष्ट्राजेनेकाबाट खोप आए लगत्तै उक्त खोप नागरिकमा लगाउन सुरु गरिने स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।
प्रधानमन्त्री चुङ साई क्युनले राष्ट्रिय सभालाई सम्बोधन गर्दै उत्तर जानकारी दिएको दक्षिण कोरियाली सञ्चार माध्यमहरुले बताएका छन् । ज्येष्ठ नागरिकहरुका हकमा भने हालै उक्त कार्यक्रम सञ्चालन नगरिने उनले बताएका छन् ।
हाल दक्षिण कोरियामा आष्ट्राजेनेकाका अलावा रसियन खोप स्पुतनिक भी ल्याउने बारेमा समेत छलफल भइरहेको उनले जानकारी दिएका छन् । विश्व स्वास्थ्य संगठन अन्तरगतको कोभ्याक्स मार्फत आउने फाइजर खोप भने आउन केही समय लाग्ने उनले जानकारी दिएका छन् ।
यता कोरियाली रोग तथा प्रकोप नियन्त्रण केन्द्र केसिडिसी प्रमुख ज्योङ इयुन क्युङले पछिल्ला दिनहरुमा कोरोना भाइरसको नयाँ प्रकारको संक्रमण बढेसँगै युरोपेली मुलुकहरुमा समेत रसियन खोपको प्रयोग बढेको बताएका छन् । ५० प्रतिशत मात्र प्रभावकारी मानिएको सिनोभ्याक्सको समेत माग बढीरहेको उनले जानकारी दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस