सोल – दक्षिण कोरियामा फाइभ जी नेटवर्क प्रयोग गर्ने मानिसहरुको संख्या १ करोड १८ लाख ५० हजार बढी पुगेको सरकारी तथ्याङ्कले देखाएको छ । फाइभ जी प्रयोगकर्ताको संख्या ह्वात्तै बढेसँगै नेटवर्क ट्राफिक समेत बढेको सरकारी श्रोतले बताएको छ ।
दक्षिण कोरियाली वसज्ञान तथा आइसिटी मन्त्रालयका अनुसार चालु महिनामा मात्र फाइभ जी सुविधा प्रयोग गर्नेहरुको संख्या अघिल्लो महिनाको भन्दा ८ प्रतिशतले बढेको छ । पछिल्ला दुई महिनामा मात्र ९ लाख बढी फाइभ जी प्रयोगकर्ता बढेको मन्त्रालयले बताएको छ ।
पछिल्लो समयमा आइफोनले लञ्च गरेको आइफोन १२ तथा देशकै स्थानीय फोन उत्पादकहरु बीचको प्रतिस्पर्धाका कारण सस्तो मुल्यमा उपलब्ध साधनहरुका कारण फाइभ जी प्रयोगकर्ताहरु ह्वात्तै बढेको सरकारी अनुमान छ । ग्यालेक्सी एस २१ श्रेणीको बिक्री सुरु भएसँगै प्रयोगकर्ताहरुको संख्या अझै बढ्ने आँकलन गरिएको छ ।
प्रयोगकर्ताहरुको संख्या ह्वात्तै बढेता पनि सरकारको आँकलन भन्दा कमै रहेको अधिकारीहरुले बताएका छन् । यो समयसम्म आइपुग्दा उक्त सुविधा प्रयोग गर्नेहरुको संख्या १ करोड ५० लाख पुग्ने आँकलन गरिएको थियो । यता यस बर्षको मध्यसम्म आइपुग्दा फाइभ जीले फोर जी डाटा ट्राफिकलाई उछिन्ने बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस