सोल – उत्तर कोरिया सरकारले विश्वभर कोरोना संक्रमितहरुको संख्या १०० मिलियन पार गरेसँगै सुरक्षा सतर्कतालाई उच्च राख्न निर्देशन दिएको छ । वर्कर्स पार्टीको आधिकारिक पत्रिका रोडोङ सिनमुन मार्फत उक्त निर्देशन दिइएको हो ।
समाचारमा भनिएको छ – विश्वभर संक्रमितको संख्या १०० मिलियन बढी भएको छ भने मृत्यु समेत २१ लाख बढीको भइसकेको छ । यो परिस्थितिमा उत्तर कोरियाले हाल सम्मकै कडा सुरक्षा अपनाउन जरुरी छ र उक्त सुरक्षा अपनाउन निर्देशन समेत दिइएको छ ।
समाचारमा कोरोनालाई दुस्मन बताउदै हरेक उत्तर कोरियालीलाई त्यस विरुद्ध आक्रामणका लागि तयार सेनाको रुपमा चित्रित गरिएको छ । हरेक उत्तर रणभुमिको सिपाही जस्तै बनेर कोरोना भाइरससँग लड्न उक्त समाचारबाट निर्देशन दिइएको छ ।
हालसम्म संक्रमितहरु नपाइएको भनिएको उत्तर कोरियाले कडा प्रतिवन्धहरु लगाएको छ । सीमा क्षेत्रहरु पुर्ण रुपमा बन्द गरिएका छन् भने राजधानी प्योङयाङ लगायतका शहरी क्षेत्रमा उच्च स्वास्थ्य सुरक्षा अपनाइएको छ । पछिल्ला दिनहरुमा सरकारी कार्यालयहरु समेत बन्द गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस