सोल – उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले हालै एक पार्टी महासभामा बोल्ने क्रममा दुई कोरिया सम्बन्ध बारे समिक्षा गरेका छन् । उनले हालको सम्बन्ध राम्रै भएता पनि आगामी दिनमा उक्त सम्बन्ध थप सुधार गर्ने प्रतिवद्धता समेत ब्यक्त गरेका छन् ।
सत्तासीन वर्कस पार्टीको आठौँ पार्टी महासभाका क्रममा बोल्दै किमले उक्त कुरा बताएका हुन् । “हालको सम्बन्ध र आगामी दिनहरु” शिर्षकको उनको उक्त प्रतिवेदनले दुई कोरिया सम्बन्धलाई समिक्षा गर्दै आगामी दिनमा कसरी अगाडी बढ्ने बारे रणनिति समेत तय गरेको उत्तर कोरियाली सञ्चार माध्यम केसीएनएले जनाएको छ ।
किमले आफ्नो प्रतिवेदन पेश गर्ने क्रममा हालको दक्षिण कोरियासँगको सम्बन्ध सकारात्मक रहेको बताउदै आगामी दिनहरुमा कसरी अझ सुदृढ गरेर लैजाने बारेमा समेत बताएका थिए । उक्त महासभामा किमले कस्तो रणनिति बनाएर जाने भन्ने बारेमा भने समाचारमा केही बताइएको छैन ।
हालसम्म दक्षिण कोरियाले उत्तर कोरियासँग बार्ताका अनेकौँ प्रयास गरेता पनि सफल हुन सकेको छैन । यस्तो अवसरमा किमको नयाँ प्रतिवेदनmाई दक्षिण कोरियाले निकै महत्वका साथ हेरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस