सोल – उत्तर कोरियाले आफ्नो देशमा कोरोना खोप भित्राउन आइएनजीओको सहयोग मागेको छ । वालस्टिट जर्नलमा प्रकाशित समाचार अनुसार उत्तरले गाभी नामक संस्थासँग खोप आपुर्तिका लागि सहयोग मागेको हो ।
गाभीले खोप निर्माताहरुसँग सहकार्य गर्दै गरिव तथा अल्प विकसित मुलुकहरुमा खोप व्यवस्थापन गर्ने गर्दछ । विश्व स्वास्थ्य संगठनको प्रत्यक्ष निगारानीमा संस्थाले खोपमा सबैको समान पहुँच ब्यवस्थापन गर्ने गर्दछ । संस्थाले न्युन आय भएका विश्वका ९२ देशमा निःशुल्क खोप व्यवस्थापन गरिरहेको छ ।
उत्तर कोरिया न्युन आय भएका ८६ देशहरु मध्ये पर्दछ । उसले गत महिना मात्र भ्याक्सिनका लागि आवेदन दिएको थियो । उक्त निवेदन स्विकृत भएमा उत्तर कोरिया खोप तथा भण्डारणका लागि आवश्यक सामाग्रीका लागि योग्य हुने छ ।
पछिल्ला दिनहरुमा उत्तर कोरियाले खोप व्यवस्थापनका लागि युरोपका विभिन्न देशका राजदुतावासहरुमा समेत चहलपहल बढाएको समाचारमा बताइएको छ ।
हालसम्म ११७०७ जनाको परिक्षण गरेको उत्तर कोरियाले कसैमा पनि भाइरस देखा नपरेको दावी गर्दै आएको छ । ४२२५ जनामा हल्का ज्वरो देखा परेता पनि उक्त लक्षणका कसैमा पनि कोरोना भाइरस नभएको उत्तर कोरियाको दावी रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस