सोल – बेलायतबाट फर्किएका तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरस भेटिएसँगै दक्षिण कोरियामा उक्त भाइरसको प्रवेश भएको छ । कोरोना भाइरसको हाल भेटिएको प्रकार पहिलेको भन्दा बढी संक्रामक रहेको बताइएको छ ।
दक्षिण कोरियाली रोग तथा प्रकोप नियन्त्रण केन्द्रका अनुसार बेलायतबाट आएका एकै परिवारका ३ जनामा उक्त भाइरसको नयाँ प्रकार फेला परेको हो । उनीहरु गत २२ डिसेम्बरमा बेलायतबाट दक्षिण कोरिया आएका थिए ।
इञ्चोन अन्तराष्ट्रिय बिमानस्थलमा गरिएको परिक्षणका क्रममा उनीहरुमा भाइरस पोजेटिभ देखिए लगत्तै उनीहरुलाई क्वारेन्टिनमा पठाइएका कारण अन्यहरुलाई भने उक्त भाइरस सरेको हुन नसक्ने स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।
बिदेशबाट दक्षिण कोरिया अवतरण गर्नेहरु मध्ये दैनिक २०-३० जनामा कोरोना पोजेटिभ पाइने गरेको केन्द्रले बताएको छ । नयाँ प्रजातिको कोरोना भाइरसको चर्चा तथा ती ३ जनामा उक्त भाइरस भेटिएसँगै दक्षिण कोरियाली सरकारले बेलायतबाट हुने सबै उडानलाई अस्थायी रुपमा बन्द समेत गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस