सोल – दक्षिण कोरियाको ख्योङ्गी प्रान्तमा रहेको पोच्योन स्थित एक फर्ममा काम गर्दै आएकी एक कम्बोडियन महिलाको कम्पनिकै आवास भित्र निधन भएको प्रति नागरिक समाजले चासो ब्यक्त गरेको छ । समाजले आप्रबासी कामदारहरुको आवासको यथोचित ब्यवस्थापन गर्न माग समेत गरेको छ ।
ति महिलाको निधन कलेजो सम्बन्धि रोगका कारण भएको पाइएता पनि उनी बस्ने गरेको स्थान समेत दयनीय रहेको पाइएको थियो । उनी कृषि फर्मको एक हरित गृह घर (प्लास्टिकको टनेल) भित्र बस्दै आएकी थिइन् ।
समाजले हाल दक्षिण कोरियामा आउने आप्रबासी कामदारहरुको आवास ब्यवस्था दु:खद भएको बताएको छ । उनीहरु हरित गृह घर, स्याण्डवीच टनेल, तथा कन्टेनर भित्र बस्ने गरेको समाजका अगुअवाहरुले बताएका छन् । उनीहरुले उक्त आवास ब्यवस्थाले न गर्मी छेल्ने न जाडो नै छेल्ने भएका कारण कामदारको बसाई दयनीय रहेको बताएका छन् ।
आप्रबासी कामदार नियम २०१९ ले त्यस्ता आवास गृहहरु प्रयोग गर्न नपाइने बताएता पनि हाल सम्म पनि कम्पनिहरुले तिनैमा कामदारहरुलाई बसाइरहेका छन् । देशका करिव ५००० बढी कम्पनीहरुले आप्रबासी कामदार ल्याउने गरेता पनि २० प्रतिशतले पनि मापदण्ड अनुरुपको आवास प्रबन्ध नमिलाएको नागरिक समाजले बताएको छ ।
उनीहरुले सरकारी मापदण्ड पुरा नगर्ने कम्पनिहरुलाई आप्रबासी कामदार ल्याउन नदिन समेत सरकारलाई अनुरोध गरेका छन् । न्युनतम मानवीय मुल्य र मान्यतालाई सम्मान गर्न उनीहरुले कम्पनीलाई अनुरोध समेत गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस