सोल दक्षिण कोरियालीहरुले एसियामा नै बढी रक्सीजन्य पदार्थको सेवन गर्ने गरेको अध्ययनले बताएको छ । अध्ययनका अनुसार हरेक १० जना मध्ये एक जनाको मृत्यु समेत रक्सीकै कारण हुने गरेको बताएको छ ।
विश्व स्वास्थ्य संगठनले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार दक्षिण कोरियामा एक जना मानिसले औसतमा बार्षिक १०.२ लिटर रक्सी पिउदछन् । तथ्यांक अनुसार दक्षिण कोरियाली पुरुषहरुले औसतमा बार्षिक १६.७ लिटर रक्सी पउिने गरेका छन् भने महिलाहरुले औसतमा ३.९ लिटर रक्सी पउिने गरेका छन् ।
एसियामा सबैभन्दा बढी रक्सी पिउने देशको पहिलो नम्बरमा लाओस रहेको छ । त्यहाँका मानिसहरुले औसतमा १०.४ लिटर रक्सी पिउछन् । तेश्रो स्थानमा जापान रहेको छ जहाँ मानिसहरुले औसतमा ८ लिटर रक्सी पिउछन् । चौथो धेरै रक्सी पिउने एसियाली मुलुक चीन रहेको छ जहाँ मानिसहरुले बार्षिक औसत ७.४ लिटर रक्सी पिउछन् ।
तथ्यांकका अनुसार विश्वका अन्य मुलुकहरुमा यी भन्दा बढी रक्सी सेवन गर्ने मुलुकहरु रहेका छन् । लिथुयानामा मानिसहरुले औसत १५ लिटर रक्सी बार्षिक विउने गरेका छन् । त्यसै गरि नाइजेरियामा १३.४, फ्रान्समा १२.६ तथा अष्टेलियामा १०.६ लिटर रक्सी बार्षिक रुपमा मानिसहरुले सेवन गर्दै आएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस