सोल – दक्षिण कोरियाली न्याय मन्त्री चो कुककी श्रीमतिलाई चार बर्षको जेल सजाय तोकिएको छ । उनलाई शैक्षिक प्रमाणपत्र तथा कागजातमा कैफियत पाइएको तथा आर्थिक अपचलनको मुद्दामा उक्त सजाय तोकिएको हो ।
उनलाई चार बर्षे जेल सजायका अलावा शैक्षिक कागजपत्र कैफियत मुद्दामा ५०० मिलियन वोन तथा आर्थिक अपचलन मुद्दामा १३९ मिलियन वोन जरिमाना समेत तोकिएको छ । उक्त फैसला सोल जिल्ला अदालतले गरेको हो ।
डोङ्याङ विश्वविद्यालयमा प्रोफेसर समेत रहेकी ५८ बर्षिया चुङ क्युङ सिम उनलाई लगाइएका १४ मध्ये ११ आरोपहरुमा दोसी प्रमाणित भएकी हुन् । उनीमाथि छोरिको कलेज भर्नाका बेला अनियमितता गरेको तथा एक समता फण्डमा अबैधानिक लगानी गरेको आरोप लगाइएको छ ।
अदालतको उक्त फैसला पश्चात प्रतिकृया दिदै उनले उक्त फैसलाले आफू छक्क परृको बताउदै अदालतको उक्त निर्णय बिरुद्ध आफू पुनरावेदन जाने बताएकी छन् । यता कानुन बिज्ञहरु भने उनका गल्तिहरुका आधारमा उनलाई न्युनतम १० बर्ष जेल सजाय हुने बताउछन् । दक्षिण कोरियामा सरकारी कागजात अपचलन गरिएको पाइएमा न्युनतम १० बर्ष कैद हुने प्रावधान रहेको उनीहरुले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस