सोल – दक्षिण कोरियाले सन् २०२१ को सुरुवातबाट कोरोना भाइरस बिरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । फेब्रुअरी अथवा मार्च महिनाको सुरुवातबाट उक्त खोप सर्वसाधारणलाई लगाइने प्रधानमन्त्री चुङ साई क्युनले स्थानीय केबिएस समाचार संस्थासँगको अन्तरवार्तामा बताएका छन् ।
प्रधानमन्त्री क्युनका अनुसार आष्ट्राजेनेकाले निर्माण गरेको खोप भने २०२१ को मध्य सम्ममा मात्र बजारमा उपलब्ध हुने छ । सम्झौता अनुरुप उक्त खोप बाहेकका फाइजर, एड्रेना तथा जनसेन लगायतका खोपहरु उपलब्ध हुने छन् ।
दक्षिण कोरिया अन्य देशहरुको तुलनामा खोप भित्र्याउन पछि परेको बारे सोधिएको प्रश्नका क्रममा जवाफ दिदै उनले कम्पनिहरुले खोप पठाउने मिति नतोकेको बताउँदै जतिसक्दो चाँडो खोप दक्षिण कोरिया आउने र उपलब्ध हुने बित्तिकै खोप कार्यक्रम सञ्चालन गरिने समेत उनले बताएका छन् ।
हाल सरकारले खोप ल्याउन बिशेष कार्यदल गठन गरेको बताउदै उक्त कार्यदलले सम्भव भएसम्मका उपायहरु लगाइरहेको बताएका छन् । हाल देशभर संक्रमण बढीरहेकाले स्वास्थ्य सतर्कता अपनाउन समेत उनले सबैमा अपिल गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस