सोल – दक्षिण कोरियाका हरेक १० जना मध्ये ७ जनाले सेकेण्ड ह्याण्ड सामाग्री खरिद गर्ने गरेको पाइएको छ । जब कोरियाले हालै गरेको सर्वेक्षण अनुसार उक्त तथ्य पाइएको हो ।
जब कोरियाले हालै देशभरका ११५८ जना ब्यक्तिहरुमा उक्त शिर्षकमा सर्वेक्षण गरेको थियो । उक्त सर्वेक्षण अनुसार सहभागीहरु मध्ये ६९.३ प्रतिशतले कुनै न कुनै प्रकारको उक्त सेवा प्रयोग गरेको बताएका छन् ।
सर्वेक्षणमा सहभागी प्रायले मोबाइल एपको माध्यमबाट त्यस्ता सामाग्री खरिद बिक्री गरेको बताएका छन् । उनीहरुले खरिद बिक्री गर्ने सामाग्रीहरुमा कपडा, जुत्ता, पुस्तक लगायतका रहेका छन् ।
सेकेण्ड ह्याण्ड सामाग्री खरिद बिक्री गर्ने प्रायले पुराना सामानबाट छुटकारा पाउने सजिलो उपायका पाएका छन् । कतिपयले सस्तो मुल्यमा आकर्षक सामाग्री पाइने भएकाले उक्त सेवा प्रयोग गरेको बताएका छन् भने कतिपयले भने प्रयोग नभएका सामाग्रीबाट अतिरिक्त पैसा आउने भएकाले संकटमा सहयोगी हुने समेत बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस