सोल – दक्षिण कोरियाली सरकारले आज एक आकस्मिक सुचना जारी गर्दै देशभरका सम्पुर्ण अस्पतालहरुलाई आइसियु बेड संख्या बृद्धि गर्न निर्देशन दिएको छ । निजी अस्पतालहरुमा कोरोनाका बिरामीहरुलाई उपचार गर्ने आइसियु बेडको संख्या कम भएको ठहर गर्दै सरकारले उक्त निर्देशन दिएको हो ।
सरकारले यस किसिमको निर्देशन पहिलोपटक ल्याएको बताउदै केन्द्रिय महामारी नियन्त्रण बिभागका एक अधिकारीले हाल अस्पतालहरुमा भइरहेको शैय्या अभावको समस्यालाई सम्बोधन गर्न उक्त निर्देशन प्रभावकारी हुने बताएका छन् ।
सरकारको उक्त निर्देशन पश्चात मुलुकभरका उत्कृष्ठ अस्पतालहरुले कम्तिमा पनि आफ्नो अस्पतालमा रहेका शैयाहरु मध्ये १ प्रतिशत आइसियु बेड निर्माण गर्नु पर्ने हुन्छ । यसबाट अत्यन्त गम्भिर प्रकृतिका बिरामीहरुको उपचारमा थप सहयोग हुने स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।
हालको सरकारी निर्णयबाट देशभर कम्तिमा पनि ३०० आइसियु बेड थपिने अधिकारीहरुले बताएका छन् । हाल दक्षिण कोरियामा ५८० जना कोरोनाका बिरामीहरु भर्ना हुन नपाइ घरमा नै बसिरहेको बताउदै सरकारको उक्त कदमले थप बिरामीहरुलाई अस्पतालमा राख्न सहज हुने समाचारमा बताइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस