सोल – दक्षिण कोरियाली शहर बुसानका पूर्व मेयर ओ क्योन हो माथि सरकारी महिला कर्मचारमीमाथि यौन दुराचार गरेको अभियोग लागेको छ । सरकारी वकिलको कार्यालयले उनीमाथि मुद्दा चलाइएको जानकारी दिएको हो ।
एक महिलामाथि यौन दुराचारको आरोप लागेपछि सन् २०१८ मा मेयर पदबाट राजिनामा दिएका उनीमाथि पूनः सोही प्रकृतिको आरोप लागेको हो । ति महिलाले समेत आफूलाई सन् २०१८ को अक्टोबर तथा नोभेम्बरमा मेयरले यौन हिंसा गरेको आरोप लगाएकी छन् ।
सरकारी वकिलको कार्यालयमा दर्ता गराइएको उक्त मुद्दा प्रहरीले अडियो सबुत पत्ता लगाएपछि पुनः प्रहरी समक्ष आइपुगेको छ । उक्त अडियो क्लीपमा उनले “खाना सँगै खाऔँ” तथा “के म तिम्रो लागि हाते ब्याग किनिदिन सक्छु” भनेको स्पष्ट सुन्न सकिन्छ ।
पूर्व मेयरले भने हालै आएका आरोपहरु प्रति आफू अनविज्ञ भएको बताएका छन् । उनी निकटका एक ब्यक्तिले कर्मचारीको कामको प्रभावकारिता हेरेर उनलाई प्रोत्साहन दिन त्यसो भनेको हुन सक्ने बताएका छन् ।
मेयरले भने कुनै गल्ति नै नगरि आफूले किन यति धेरै आरोपहरु खपिरहन परेको छ भन्दै दुःख ब्यक्त गरेका छन् । उनले छानविनमा पूरा साथ तथा सहयोग गर्ने समेत बताएका छन् । केही समय अघि अनुसन्धान टोलीले उनको कार्यकक्षमा छापा समेत मारेको उनले जानकारी दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस