सोल – दक्षिण कोरियामा प्रसिद्ध लाल्टिन पर्वलाई हालै युनेस्कोले विश्व सम्पदा सुचीमा सुचीकृत गरेको छ । भगवान गौतम बुद्धको जन्म जयन्तीका रुपमा मनाइने उक्त पर्वलाई साँस्कृतिक सम्पदाको रुपमा बुधबार फ्रान्सको राजधानी पेरिसमा बसेको युनेस्को समितिको बैठकले सुचीकृत गराएको हो ।
युनेस्कोको साँस्कृतिक सम्पदा विभागका अनुसार उक्त पर्वले ऐतिहासिक धार्मिक महत्व बोक्नुका साथै समुदायलाई प्रतिनिधित्व गराउन समेत सफल भएका कारण सुचीकृत गरिएको हो ।
यससँगै अब दक्षिण कोरियामा २१ वटा चाडपर्वहरु युनेस्कोको साँस्कृतिक सम्पदा भित्र समाबेश भएका छन् । जङ्म्यो धार्मिक संगित, पानसोरी संगित, अरिराङ लोकधुन, किम्ची संस्कृति लगागयतका कोरियाली संस्कृतिहरु युनेस्कोको उक्त सुचीमा सुचीकृत भएका छन् ।
बुद्धको शान्ति तथा ज्ञानको ज्योतिका रुपमा लिइने यस पर्वका समयमा मानिसहरुले गल्ली गल्लीमा लाल्टिन बालेर सबैको सुखमय जीवनको कामना गर्दछन् । यो पर्वलाई दक्षिण कोरियाको सिजनल पर्वको सुरुवातका रुपमा समेत लिइन्छ । यस पर्वलाई दक्षिण कोरियामा योनड्योङ्ह्वे नामले समेत चिनिन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस