सोल – दक्षिण कोरियामा बालिका बलात्कार मुद्दामा जेल सजाय भुक्तान गरि रिहा भएका चो डु सुनलाई थप ७ बर्ष बिभिन्न प्रकारका प्रतिबन्ध लगाइएको छ । एक ८ बर्षिया बालिका बलात्कार पश्चात उनलाई अदालतले जेल पठाएको थियो ।
६८ बर्षिय चो उक्त कसुरमा १२ बर्ष जेल सजाय भुक्तान गरि रिहा भएका थिए । उनी रिहा भएता पनि अबको ७ बर्ष सम्म रक्सी पिएर मात्न पाउने छैनन् । उनको ब्यक्तिगत सुचना लिनका लागि अदालतले ७ बर्ष सम्म विद्युतीय ब्याण्ड लगाउन निर्देशन समेत दिएको छ भने अबको ५ बर्षसम्म उनका ब्यक्तिगत विवरणहरु सार्वजनिक गराइने छ ।
सुवन जिल्ला अदालतले उनलाई बेलुका ९ बजेबाट बिहान ९ बजेसम्म बाहिर हिडडुल गर्न समेत प्रतिबन्ध लगाएको छ । उनले अब मधिरापान समेत इच्छा अनुसार गर्न पाउने छैनन् भने पिडितको घर वरपरको २०० मिटर क्षेत्रमा उनीले मधिरापान गर्न पाउने छैनन् ।
मधिरापान गर्नु परेमा अब उनले स्थानिय प्रशाशनको अनुमति अनिवार्य लिनु पर्ने छ । यदि त्यसो नगरेको पाइएमा ३ बर्ष सम्म कैद र १ करोड वोन जरिमाना तोकिएको छ ।
हाल उनी घरभित्रै बसिरहेका छन् । उनका गतिविधि नियमन गर्न सरकारले विशेष प्रहरी समेत परिचालन गरेको छ भने उनीमाथि हुनिक्ने आक्रामणबाट बचाउन विशेष निगारानी समेत बढाइएको स्थानिय प्रशाशनले बताएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस