सोल – दक्षिण कोरियाली मोबाइल फोन उत्पादक कम्पनि सामसुङले आफ्ना नोट सेरिजका फोन उत्पादन बन्द गर्ने बारे आएका हल्लामा सत्यता नभएको बताएको छ । हाल प्रिमियम फोनहरुको माग प्रसस्तै भएता पनि नोट सेरिजका फोन बन्द नगर्ने जानकारि कम्पनिले दिएको हो ।
ग्यालेक्सी जेड तथा एस सेरिजका फोनहरुको बजार बिस्तार राम्रो रहेता पनि उक्त फोनलाई कम्पनिले तत्काल बन्द गर्ने मनस्थिति नबनाएको स्पष्ट पारेको छ । फ्ल्यागसिप फोनले बजारमा राम्रो प्रभाव पारिरहेका बेला कम्पनिले नोट सेरिजका फोनहरुलाई बेवास्ता गरेको हुनसक्ने शंका कतिपयले गरेका थिए ।
कम्पनिले आगामी बर्षबाट उक्त श्रेणीका फोनहरुको उत्पादनलाई निरन्तरता दिने समेत बताएको छ । सामसुङका मोवाइल विभाग प्रमुख रो ताई मुनका अनुसार अब आउने नोट तथा एस सेरिजका फोनहरुमा एस पेन स्टाइलस फिचर समेत समावेश गरिने छ ।
यसै बीच कम्पनिले आफ्नो नयाँ मोडलको स्मार्टफोन ग्यालेक्सी एस २१ आगामी जनावरीमा सार्वजनिक गर्ने तयारी गरेको छ । उक्त फोनबारे यथेष्ट जानकारी नआएता पनि उक्त फोनले यस अघिका एस सेरिजका फोनहरुको बिकल्प बन्न सक्ने जानकारहरुले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस