सोल – दक्षिण कोरियाले आप्रवासी कामदारहरुका लागि तयार गरेको योग्यतामा केही सुधार गर्दै उनीहरुको सहज प्रवेश तथा काम गर्ने वातावरण मिलाउने भएको छ । श्रम तथा रोजगार मन्त्रालयले मंगलबार बताए अनुसार दक्षिण कोरियाली संसदले सो सम्बन्धि बिधेयक पारित गरिसकेको छ ।
हाल विध्यमान नियम अनुसार इपिएस भाषा परिक्षा पार गरेपछि बिदेशी कामदारहरुले ३ बर्षको भिसा प्राप्त गर्दछन् । उक्त भिसालाई म्याद थप गरि थप १ बर्ष १० महिनासम्म काम गर्न पाउदछन् । त्यसपछि भने उनीहरुले अनिवार्य रुपमा दक्षिण कोरिया छाड्नु पर्ने हुन्छ ।
एउटै कम्पनिमा निरन्तर काम गरेका कामदारहरुले ३ महिना पश्चात एक परिक्षामा सहभागी भई सफल भएमा पुनः दक्षिण कोरिया प्रवेश गर्न पाउने ब्यवस्था रहेको थियो । हालै संशोधन गरिएको ब्यवस्था अनुसार भने १ महिना पश्चात नै उनीहरुले उक्त परिक्षामा सहभागी भई दक्षिण कोरिया प्रवेश गर्न सक्ने छन् । यो ब्यवस्था यौटै कम्पनि भित्र अन्यत्र काम गर्नेहरुका हकमा समेत लागु हुने छ ।
हालै परिवर्तन गरिएको नियम अनुसार रोजगारदाताले यौन हिंसा लगायतका हिंसा गरेका कारण कम्पनि परिवर्तन गर्नु परेकाहरुले समेत उक्त सुविधा उपयोग गर्न सक्ने बताइएको छ । करिव ५ बर्ष परदेश बसेकाहरुलाई एक महिनाको अवधि छोटो हुने भएता पनि काम गर्नेहरुलाई सहुलियत होस् भनेर उक्त नियम ल्याइएको सरकारी अधिकारीहरुले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस