सोल – दक्षिण कोरियामा क्वारेन्टिन नियमको उल्लङ्घन गर्दै बाहिर घुमफिरमा निस्केका एक युवकलाई स्थानिय प्रशाशनले चार महिनाको जेल सजाय सुनाएको छ । होम आइशोलेशनमा बस्दै आएका उनी दुइपटक आइशोलेशन छोडेर बाहिर निस्केको पाइएको प्रहरीले बताएको छ ।
देशको रोग तथा प्रकोप नियन्त्रण केन्द्रले दिएको जानकारी अनुसार २७ बर्षका ति ब्यक्तिले सरकारको कोरोना नियन्त्रण अभियान अन्तरगतको निर्देशिकाको उल्लङ्घन गरेका कारण उनलाई जेल सजाय तोकिएको हो । उत्तरि सोलको उइजेङ्बु स्थित जिल्ला अदालतले एक पटक नियन्त्रणमा लिएर आश्रममा राख्दा पुनः भाग्ने प्रयास गरेका कारण उनलाई जेलमा राखिएको बताएको छ ।
अदालतले ति युवक कडा भन्दा कडा सजायका भागिदार भएको समेत बताएको छ । देशमा कोरोना संक्रमण दर उच्च बिन्दुमा पुगेका बेला उनी जस्ता युवाबाट त्यस किसिमको गतिविधि हुनु अत्यन्तै दुखद भएको बताउदै उनलाई कानुनी उपचारको बिकल्प नरहेको समेत अदालतले स्पष्ट पारेको छ ।
अस्पतालबाट होम क्वारेन्टिनमा पठाइएका उनी जम्मा दुई दिन मात्र घर बसेर बाहिर घुम्न निस्केका थिए । सो क्रममा उनी मसाज पार्लर, बिभिन्न स्टोर्स तथा अन्य भीडभाडयुक्त क्षेत्रहरुमा समेत घुम्न निस्किएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस