सोल – दक्षिण कोरियाको राजधानी सोल वरपरका क्षेत्रमा मापन गर्न सकिने गरिको हिमपात सुरु भएको छ । देशको मौसम विभागका अनुसार आइतबारबाट राजधानी सोल लगायत देशका अन्य भागहरुमा समेत हिमपात सुरु भएको छ ।
दक्षिण कोरियाली मौसम विभागका अनुसार राजधानी सोल आसपासका क्षेत्रमा आइतबार बिहान ०.८ सेन्टिमिटर हिउँ परेको थियो । विभागले हिमपात अझै बढ्ने बताउदै स्वास्थ्य सावधानी अपनाउन समेत अनुरोध गरेको छ ।
विभागका अनुसार राजधानी सोल, ख्योङ्गी तथा ग्याङवान क्षेत्रमा हिमपात बाक्लिने छ । विभागले २४ घण्टामा उक्त क्षेत्रहरुमा हिमपात ५ सेन्टिमिटरसम्म पुग्न सक्ने प्रक्षेप्पण गरेको छ ।
विभागका अनुसार देशका केही स्थानमा चिसो अत्याधिक बढ्ने छ । देशका ख्योङ्गी, उत्तरी ग्योङसाङ, उत्तरी चुङच्योङ, गानवन लगायतका क्षेत्रमा सोमबार बिहान सम्ममा तापक्रम घटेर माइनस १० डिग्री सेल्सियस सम्म पुग्ने प्रक्षेप्पण समेत विभागले गरेको छ । विभागले माइनस १२ डिग्री सेल्सियस तापक्रम पुग्ने बित्तिकै खतराको घण्टी बजाउने तयारी समेत सुरु गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस