सोल – दक्षिण कोरियामा एकैदिन पाइएको कोरोना भाइरस संक्रमण हालसम्मकै उच्च भएको छ । आइतबार १०३० जना कोरोना संक्रमित थपिएसँगै एकैदिनमा पाइएको सबैभन्दा उच्च संक्रमणको नयाँ रेकर्ड कायम भएको हो ।
शनिबार ९५० रहेको उक्त संख्या एकै दिनमा हजार बढी भएको हो । उक्त संख्या मध्ये १००२ जना देशभित्रकै संक्रमित रहेका छन् भने बाँकी २८ जना भने बिदेशबाट आएका छन् । आइतबार थपिएको उक्त संख्यासँगै दक्षिण कोरियामा कोरोना संक्रमितहरुको जम्मा संख्या ४२,७६६ पुगेको छ ।
हालैका दिनहरुमा मानिसहरुको ब्यक्तिगत भीडभाड तथा जमघट बढ्न थालेको, अस्पताल, चर्च तथा अन्य क्षेत्रमा सामाजिक दुरी नियम ठीकसँग पालन नभएको लगायतका कारणले संक्रमण बढ्दै गएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।
संक्रमण बढ्न थालेसँगै स्वास्थ्य अधिकारिहरुले २.५ तहको सामाजिक दुरि नियम गत हप्ता मात्र लागु गराएका थिए । दक्षिण कोरियामा संक्रमणको स्थिति हेरेर ५ तह सम्मको सामाजिक दुरी नियम बनाइएको छ । उक्त दुरी नियमका बावजुत पनि कोरोना भाइरस नियन्त्रण बाहिर गएपछि स्वास्थ्य अधिकारीहरु थप छलफलमा जुटेका छन् ।
यसै बीच राष्ट्रपति मुन जाइ इनले कोरोना रोकथामका लागि सबै उपाप अपनाउन सम्बन्धित क्षेत्रलाई निर्देशन दिएका छन् । तेश्रो तहको सामाजिक दुरी देखि लिएर लकडाउन सम्मको अवलम्बन गर्न उनले सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् । उनले आकस्मिक अवस्था घोषणा गर्दै सोही अनुरुप काम गर्न समेत भनेका छन् ।
दक्षिण कोरियाली प्रधानमन्त्री चुङ साई क्युनले समेत सम्पुर्ण नागरिकलाई सकेसम्म घर बाहिर ननिस्कन अनुरोध गरेका छन् । उनले १० जना बढीको जमघटलाई पुर्ण रुपमा बन्द गर्न निर्देशन समेत दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस