सोल – आफ्नै घरमा बस्नेहरुका तुलनामा भाडामा बस्नेहरुका कम बच्चा हुने गरेको दक्षिण कोरियाली तथ्याङ्क विभागले बताएको छ । सन् २०१९ को सुरुवातबाट नोभेम्बर सम्ममा १२ लाख ६० हजार जोडी बिवाह बन्धनमा बाँधिएका छन् जुन गत बर्गको सोही अवधिको भन्दा ४.७ प्रतिशतले कम हो ।
९ लाख ६० हजार जोडीको विवाह भएको एक बर्ष पुगिसक्दा पनि ४२.५ प्रतिशतले बच्चा जन्माउन कुनै रुची नदेखाएको विभागले बताएको छ । यो दर गत बर्षको भन्दा २.३ प्रतिशतले बढि हो । आफ्नै घर हुनेमा बच्चा जन्माउन नचाहानेहरु भने ३६ प्रतिशतको हाराहारीमा मात्र रहेको विभागले बताएको छ ।
हालका दिनहरुमा दक्षिण कोरियामा घर किन्नु निकै मुस्किल कार्य रहेको बताउदै अधिकांश युवाहरु घर र घरजम मध्ये घरलाई नै रोज्ने गरेको विभागले बताएको छ । घरको स्वामित्व आफूमा नआउञ्जेल उनीहरुले अन्य कुराहरु सोच्न नचाहेको समेत विभागले बताएको छ ।
हाल विवाहितहरु मध्ये करिव ३२ प्रतिशतले मात्र घर किन्न सकेको बताउदै तथ्याङ्क विभागले आगामी दिनहरुमा यो समस्या विकराल हुने समेत बताएको छ । विभागले करिव ८५ प्रतिशत युवा ऋणमा रहेको समेत बताएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस