सोल – दक्षिण कोरियाली सरकारले अब लक्षण देखिएका, नदेखिएका तथा बिरामीको सम्पर्कमा आए नआएका सबै नागरिकहरुको कोरोना परिक्षण नि:शुल्क गर्ने भएको छ । राष्ट्रपति मुन जाइ इनसँगको भर्च्युअल बैठक पश्चातको निर्णय सुनाउदै दक्षिण कोरियाली रोग तथा प्रकोप नियन्त्रण केन्द्र प्रमुख ज्योन इन क्युनले उक्त कुरा बताएका हुन् ।
कोरोना संक्रमितको संख्या बढ्दै गएपश्चात सरकारले राजधानी सोलमा मात्र १५० वटा परिक्षण केन्द्र थपेको छ । मानिसहरुको भीडभाड हुने क्षेत्रहरुमा परिक्षण केन्द्रहरु थपिएको केन्द्रले बताएको छ । अब हरेक दिन राति ९ बजेसम्म कोरोना परिक्षण गरिन्छ भने बिदाका दिनमा बेलुका ६ बजे सम्म परिक्षण गरिने भएको छ ।
सरकारले भ्याक्सीन खरिद सम्झौता गरेको एक दिन पश्चात परिक्षण निशुल्क गर्ने निर्णय गरेको हो । यस अघि दक्षिण कोरियामा कोरोना भाइरस परिक्षणको प्रति परिक्षण १ लाख ६० हजार वोन लिइने गरिएको थियो । उक्त नि:शुल्क परिक्षण प्रावधान दैनिक १०० बढी संक्रमित हुँदासम्म कायम हुने उनले जानकारी दिएका छन् ।
हाल सरकारले बिदाका दिनहरुमा दैनिक ४०,००० तथा अन्य दिनमा दैनिक ७०,००० जनाको कोरोना परिक्षण गरिरहेको छ । सरकार उक्त परिक्षण दायरालाई अझ फराकिलो बनाउन लागि परेको समेत उनले जानकारी दिएका छन् । हाल दक्षिण कोरियामा दैनिक लगभग ७०० नयाँ संक्रमित थपिइरहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस