सोल – दक्षिण कोरियाली राजधानी शहर सोलमा परम्परागत रुपमा बर्ष सकिएको जनाउ दिन डिसेम्बर महिनाको अन्तिम रात बजाइदै आएको घण्टी बजाउने कार्यक्रम यस बर्ष भने आयोजना नगरिने भएको छ । कोरोना भाइरस संक्रमण बढ्दै गएका कारण उक्त पर्व आयोजना नगरिने भएको महानगर सरकारले बचाएको छ ।
कोरोना भाइरस संक्रमण दर तीव्र भएका कारण यस बर्ष हामीले उक्त विशेष पर्व स्थगित गर्ने निर्णय गरेका छौँ – महानगर सरकारका एक अधिकारीले बताए । सन् १९५३ मा सुरु गरिएको उक्त पर्व प्रथम पटक कोरोना भाइरस संक्रमणका कारण बन्द गर्नु परेको पनि उनले बताएका छन् ।
राजधानी सोलको बोसिङ्गाक पेभिलियनमा आयोजना गरिदै आएको उक्त पर्वमा ठूलो संख्यामा दक्षिण कोरियाली नागरिकहरु जम्मा हुने गर्दथ्ये । यस बर्ष उक्त कार्यक्रम स्थगित गरिएता पनि मानिसहरुको जमघट हुनसक्ने बताउदै महानगर सरकारका अधिकारीले त्यसलाई प्रभावकारी नियमन गर्न तयारि गरिएको समेत जानकारी दिएका छन् ।
हाल दक्षिण कोरियाका मुख्य शहरहरुमा कोरोना संक्रमण फैलिदै गएको छ । राजधानी सोल, ख्योङ्गी लगायतका क्षेत्रमा संक्रमितहरुको संख्यामा बृद्धि भएसँगै सरकारले स्वास्थ्य मापदण्डमा कडाइ गरेको छ । सोल महानगरले राति ९ बजे पश्चात कर्फ्यु समेत लगाउन थालेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस