सोल – उत्तर कोरियामा कोरोना भाइरसबाट जोगिन लागू गरिएका नियम नमानेको भन्दै एक जनालाई गोली प्राहार गरि हत्या गरिएको छ । चिनियाँ सीमामा तस्करी गरेको आरोपमा उनलाई गत नोभेम्बर २८ तारिखमा गोली प्राहार गरिएको रेडियो फ्री एसियाले जनाएको छ।
गोली हानेर मारिएका पुरूष अन्दाजी ५० वर्षका हुन्। उनीमाथि सीमा पारीका चिनियाँहरूसँग मिलेर तस्करी गरेको आरोप थियो। नागरिकले कोरोनाभाइरसबाट जोगिन अनिवार्य पालना गर्न पर्ने नियमको पालना गरून् भन्ने उद्देश्यले तर्साउनका लागि सार्वजनिक रूपमै उनलाई गोली हानी मारिएको समाचारमा उल्लेख गरिएको छ।
उत्तर कोरियाले अहिलेसम्म कोरोनाभाइरसका संक्रमित नभेटिएको दाबी गर्दै आएको छ।
तस्करहरूले उत्तर कोरियामा भाइरस भित्र्याउने डरले किम जोङ उनले सीमा क्षेत्रमा सैनिक गस्ती बढाएका छन् ।सैनिकहरू आफैँ नै तस्करीमा नलागून् भनेर पोङ्गयाङबाट विशेष टोली पनि खटाइएको छ।
उनले भाइरसबाट जोगिन पोङ्गयाङमा लकडाउन गरेको र समुन्द्रमा माछा मार्नसमेत प्रतिबन्ध लगाएको दक्षिण कोरियाको गुप्तचर एजेन्सीले गत हप्ता बताएको थियो । एजेन्सीका अनुसार गत अगष्टमा पोङ्गयाङकै एक अधिकारीलाई विदेशबाट सामान ल्याएको भन्दै मारिएको थियो।
उत्तर कोरियाका शासक किम जोङ उनले कोरोनाबाट जोगिन अल्ट्रा हाइ लेभल इमर्जेन्सी क्वारेन्टिनका उपाय अपनाएका छन्। चीनसँगको सीमामा आवातजावत गर्न खोज्नेलाई उनले गोली हान्न आदेश दिएको बताइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस