सोल – दक्षिण कोरियाली राजधानी सोल महानगर सरकारले राजधानी क्षेत्रमा सञ्चालित स्टोर्स, सिनेमा हल तथा इन्टरनेट क्याफेहरु बेलुका ९ बजे पश्चात बन्द गर्न निर्देशन दिएको छ । कोरोना भाइरस संक्रमण बढ्दै गएका कारण नियन्त्रणको प्रयासका रुपमा १४ दिनका लागि उक्त निर्देशन दिइएको सरकारी अधिकारीले बताएका छन् ।
पछिल्लो समयमा राजधानी सोल क्षेत्रमा कोरोना भाइरसका संक्रमितहरु धेरै भेटिन थालेपछि सरकारले उक्त निर्णय लिएको महानगरका कार्यकारी मेयर सियो जङ्ग हुकले अनलाइन मिडिया ब्रिफिङका क्रममा बताएका छन् ।
पछिल्लो चरणमा सरकारले बन्द गराएका ब्यापारिक संस्थानहरुमा स्टोर्स, सिनेमा हल, इन्टरनेट क्याफे, अध्ययन हलहरु, इनडोर खेल खेलाइने क्षेत्रहरु, ब्युटि सैलुन, पार्क, ठूला ग्रोसरी पसलहरु तथा डिपार्टमेन्ट स्टोरहरु रहेका छन् । ३०० बर्गमिटर भन्दा साना ग्रोसरीहरुका हकमा भने उक्त नियम लागु नहुने मेयर हुकले बताएका छन् ।
बेलुका ९ बजे पश्चात बस तथा सबवेहरु ३० प्रतिशत कम क्षमतामा सञ्चालन हुन पाउने छन् । सार्वजनिक बसमा उक्त नियम आइतबार बाट तथा सबवेमा मंगलबारबाट लागु गरिने उनले बताएका छन् ।
विद्यालयहरु भने २ हप्ताका लागि अनलाईन माध्यममा सञ्चालन गरिने तथा भौतिक उपस्थितिलाई शुन्य बनाइने समेत उनले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस