सोल – दक्षिण कोरियामा कोरोना भाइरस संक्रकण दर विगत ९ महिना यताकै उच्च भएको छ । हाल दैनिक ६०० बढी संक्रमित थपिन थालेसँगै संक्रमितहरुको संख्या समेत ह्वात्तै बढ्न थालेको दक्षिण कोरियाली रोग तथा प्रकोप नियन्त्रण केन्द्र (केसिडिसि) ले बताएको छ । केन्द्रले आगामी दिनमा संक्रमण दर अझ बढ्न सक्ने चेतावनी समेत दिएको छ ।
हालसम्म दक्षिण कोरियामा ३६३३२ जना कोरोना भाइरसका सक्रिय संक्रमितहरु फेला परेको बताउदै केन्द्रले कोरोना भाइरसकै कारण ५३६ जनाले ज्यान समेत गुमाएको बताएको छ । आधा दक्षिण कोरियालीको बसोबास रहेको राजधानी सोल क्षेत्रमा संक्रमण उच्च पाइएका कारण खतरा झन् बढेको केन्द्रले बताएको छ ।
संक्रमण बढेसँगै ठूलो स्वास्थ्य समस्या आउन सक्ने खतरा तर्फ संकेत गर्दै प्रधानमन्त्री चुङ साई क्युनले यो हप्ता परिस्थितिको मुल्याङ्कन गर्दै आगामी दिनमा सामाजिक दुरी तथा अन्य नियमहरुमा परिमार्जन सहित लागु गरिने बताएका छन् । १० दिन अघि मात्र सरकारले दोश्रो तहको सामाजिक दुरी नियम लागु गरेको थियो ।
हाल दक्षिण कोरियामा कोरोना भाइरस संक्रमणका कारण सिकिस्त बिरामी रहेका मानिसहरुको संख्या ११६ रहेको छ भने २८,६६१ जना उपचार पश्चात घर समेत फर्किसकेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस