सोल – दक्षिण कोरियाको एक कुखुरा फारममा अत्यन्तै खतरनाक एभियन फ्लु पाइएको दक्षिण कोरियाली कृषि मन्त्रालयले बताएको छ । राजधानी सोलबाट करिव २७० किलोमिटर दक्षिण पुर्वमा रहेको साञ्ज्यु मा रहेको अण्डा उत्पादन गर्ने फारममा उक्त फ्लुका जिवाणु पाइएको हो ।
मन्त्रालयका अनुसार उक्त फारममा करिव १ लाख ८८ हजार बढी कुखुरा रहेका छन् । उक्त फारम वरपर समेत अन्य फारमहरु रहेका छन् । मन्त्रालयले उक्त बर्ड फ्लु एभियन फ्लु नै भएको प्रमाणित गर्न भने केही दिनको समय लाग्ने बताएता पनि सम्पुर्ण लक्षणहरु एभियन फ्लुकै भएको बताएको छ ।
दक्षिण कोरियामा गत शनिबार मात्र यस बर्षको पहिलो एभियन फ्लु एक हाँस पालन केन्द्रमा पाइएको थियो । उक्त फ्लु सन् २०१८ को मार्च पछाडि दक्षिण कोरियामा पाइएको पहिलो खतरनाक फ्लु समेत रहेको थियो ।
एभियन फ्लु एकदमै खतरनाक रहेको र यसको संक्रमण पश्चात सिकिस्त बिरामी हुने देखी मृत्यु सम्म हुने भएका कारण सावधानी अपनाउन सरकारले नागरिकलाई अनुरोध गरेको छ भने सरकारले उक्त भाइरस नियन्त्रणका लागि सक्दो पहल गर्ने समेत बताएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस