सोल – दक्षिण कोरियाली सरकारले कोरोना विरुद्धको खोप निर्माता कम्पनि आष्ट्राजेनेकासँग खोप खरिदका लागि सहमति पत्रमा हस्ताक्षर गरेको छ । श्रोतका अनुसार सरकारले उक्त कम्पनिसँग कोरोना भाइरस विरुद्धका करिव २ करोड ५० लाख डोज खोप खरिद खरिद गर्ने सम्झौता गरेको छ । एसके बायोसाइन्सको समन्वयमा आन्तरिक प्रयोजनका लागि AZD1222 नामबाट उक्त खोप उत्पादन गरिने छ ।
देशमा आवश्यक पर्ने खोप खरिद गर्ने गरि सरकारले प्रकृया अगाडी बढाएको बताउदै सरकारी अधिकारीले थप छलफल र गृहकार्य पश्चात केही समयमा उक्तबारे जानकारी दिने बताएका छन् । रकमबारे मौन रहेको उक्त श्रोतले थाइल्याण्ड र फिलिपिन्स सरकारकै हाराहारीमा दक्षिण कोरियाले खोपमा खर्च गर्न लागेको बताएको छ ।
हालै थाइल्याण्ड सरकारले २ करोड ६० लाख डोज खोपका लागि आष्ट्राजेनेका सँग २०० मिलियन डलरको औषधि खरिद सम्झौता गरेको छ । फिलिपिन्सले पनि करिव २६ लाख डोज खोप आष्ट्राजेनेकासँगै खरिद गर्ने सम्झौता गरेको छ ।
हाल सरकारले भ्याक्सिनको मुल्य, भण्डारण तथा वितरणको व्यवस्थापनका लागि काम गरिरहेको बताउदै यथाशिघ्र उक्त भ्याक्सिन जनतामाझ ल्याउने सरकारी अधिकारीले बताएका छन् । एसके बायोसाइन्सले उक्त औषधि आन्तरिक तथा बाह्य प्रयोगका लागि आष्ट्राजेनेकासँग सहकार्य गर्दै उत्पादन गर्ने समेत श्रोतले बताएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस