सोल – उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको संक्रमणलाई रोक्नका लागि उत्तर दक्षिण सिमा क्षेत्रमा पर्खाल बनाउन सुरु गरेको छ । देशमा भाइरस युक्त मानिसहरुको प्रवेशलाई निरुत्साहित गर्नका लागि उक्त पर्खाल लगाइएको उत्तर कोरियाली सरकारी सञ्चार माध्यम केसिएनएले बताएको छ ।
केसिएनएले जनाए अनुसार उक्त पर्खाल निर्माणका लागि हरेक नागरिकलाई अनिवार्य श्रमदान गर्न निर्देशन दिइएको छ । हालको विसम परिस्थितिमा यथाशिघ्र उक्त काम सक्न समेत निर्देशन दिइएको केसिएनएले संप्रेशण गरेको समाचारमा बताइएको छ ।
उत्तर दक्षिण सीमाक्षेत्रमा बनाइएको डिमिलिटराइज क्षेत्रको कडा सुरक्षा आफैमा नागरिकहरुको गैरकानुनी आवतजावत बन्द गराउन काफी भएता पनि उत्तर कोरियाले किन त्यो पर्खाल निर्माण सुरु गर्यो भन्नेबारे यकिन जानकारी हालसम्म नआएको अधिकारीहरु बताउदछन् । यो उत्तर कोरियाको नयाँ प्रोपोगाण्डा हुनसक्ने अधिकारिहरु बताउदछन् ।
गत महिना एक उत्तर कोरियाली नागरिक दक्षिण कोरिया पुगेका थिए भने एक जनालाई दक्षिण कोरियाली सेनाले गोली हानी मारेका थिए । उत्तरको हालको रणनिति त्यस किसिमका स-साना चुहावट हुने स्थानमा समेत नियन्त्रण गर्दै बैदेशिक सिमा क्षेत्रमा पुर्ण सुरक्षा सुनिश्चित गर्नु रहेको हुनसक्ने अधिकारीहरुले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस