सोल – दक्षिण कोरियामा कोरोनाका कारण गरिव जनताहरुमा नकारात्मक प्रभाव परेको छ । गरिवीको सुचिकृत भएका उनीहरुले पोषणयुक्त खाद्यान्न समेत किन्न नसक्दा अर्को स्वास्थ्य समस्या उत्पन्न हुन सक्ने चेतावनी विज्ञहरुले दिएका छन् ।
दक्षिण कोरियाको ग्रामिण आर्थिक इन्स्टिच्युटले हालै गरेको अध्ययन अनुसार गत आर्थिक बर्षमा मासिक १० देखि २० लाख वोन कमाउने नागरिकहरुले आफ्नो साविकको खाद्यान्न खरिद खर्चमा २ देखी ३ प्रतिशत सम्म कटौति गरेका छन् । सोही अवधिमा धेरै आमदानी हुनेहरुले भने १६ देखी १७ प्रतिशत सम्म खर्च स्वस्थ खाना खरिद गर्न खर्च गरेका छन् ।
इन्स्टिच्युटका एक अधिकारी किम सिङ ह्योका अनुसार कोरोना संक्रमणका कारण धनि व्यक्तिहरुले आफ्नो स्वास्थ्यलाई स्याहार गर्न जङ्क फुडको प्रयोग कम गर्दै स्वस्थ खानपिनमा खर्च बढाएका छन् भने कम आय भएकाहरुले भने स्वस्थ खाना खरिद गर्न असमर्थ हुँदा बिभिन्न स्वास्थ्य समस्याबाट प्रभावित हुनसक्ने बताएका छन् ।
यस्तो संकटका बेला मानिसहरुलाई ताजा खानेकुराको आवश्यकता भएता पनि महङ्गीका कारण गरिवहरुले त्यस्ता खानेकुरा खरिद गर्न नसक्दा समस्या परेको उनले बताएका छन् । अमेरिकामा सरकारले सामानमा छुट दिएका कारण त्यहाँका जनताले सहुलियतमा सामान पाएको तर दक्षिण कोरियामा भने सरकारले नागरिकलाई पैसा दिएका कारण असर परेको समेत उनले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस