सोल – दक्षिण कोरियाली वायुसेना प्रमुख जनरल ली स्योङ योङ तथा अमेरिकी अन्तरिक्ष सैन्य विभाग प्रमुख जोन रेमण्डले पहिलो पल्ट द्वीपक्षीय भेटवार्ता गरेका छन् । भेटका क्रममा उनीहरुले हाल अन्तरिक्षबाट हुन सक्ने सम्भावित खतराबाट बच्न सहकार्य गर्ने बिषयमा छलफल गरेका छन् ।
हवाईमा भएको उक्त छलफलका क्रममा जनरल लीले दक्षिण कोरियाली हवाइसेना तथा अमेरिकी अन्तरिक्ष सेनाका बीचमा सुचना तथा प्रविधिको आदानप्रदानलाई चुस्त बनाई थप प्रभावकारी रुपमा अगाडी बढाउन प्रस्ताव गरेका छन् । लीले हाल अमेरिकी अन्तरिक्ष सेनामा अध्ययनका लागि गएका दक्षिण कोरियाली हवाइसेनाको संख्या थप गर्न समेत अनुरोध गरेका छन् ।
जवाफमा अमेरिकी अन्तरिक्ष सेना प्रमुख रेमण्डले आवश्यकता अनुरुप दुई देश बीचको सहकार्य र सहयोगलाई परिस्कृत ढङ्गले अगाडी बढाइने बताएका छन् । आगामी दिनमा चुनौतिपुर्ण क्षेत्रको अन्तरिक्ष अनुगमन गर्दै सुचना आदानप्रदान गरिने समेत उनले बताएका छन् ।
लीको ५ दिने अमेरिकी प्रशान्त वायुसेनाको भ्रमणका क्रममा उक्त छलफल भएको हो । भ्रमणका क्रममा लीले अमेरिकी वायुसेनाका उच्च सैनिक अधिकारीहरुसँग समेत भेटघाट गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस