सोल – उत्तर कोरियाली ह्याकरहरुको समुहले दक्षिण कोरियाली खोप निर्माता कम्पनिका तथ्याङ्क चोरीको प्रयास गरेका छन् । माइक्रोसफ्टले दिएको जानकारी अनुसार उनीहरुले कोरोना भाइरस विरुद्धका खोप तथा औषधि निर्माण गरिरहेका बायोटेक कम्पनिका तथ्याङ्क चोरीको प्रयास गरेका हुन् ।
हाल उत्तर कोरियाका दुईवटा समुह ह्याकिङ गर्न सक्रिय रहेका माइक्रोसफ्टले जानकारी दिएको छ । कम्पनिका अनुसार जिङ्क तथा सेरियम नाम गरेका ति समुहले विश्वका प्रतिष्ठित सात वटा कोरोना विरुद्धको खोप विकासमा काम गरिरहेका कम्पनिहरुमा हमला गरेका छन् ।
माइक्रोसफ्टका अनुसार ह्याकरहरुले दक्षिण कोरियाका अलावा खोप निर्माणमा लागि परेका क्यानडा, फ्रान्स, भारत र अमेरिका लगायतका देशका खोप निर्माता कम्पनिका तथ्याङ्क चोरीको प्रयास गरेका छन् । ति ह्याकरहरुले के र कस्ता प्रकारका तथ्याङ्क चोरीको प्रयास गरेका हुन् भन्ने बारे भने केही खुलाएको छैन ।
उत्तर कोरिया आफैसँग औषधी निर्माणको क्षमता नभएका कारण उसले अरुका डाटा चोरी गरेर चर्चामा रहनका लागि मात्र उक्त प्रयास गरेको हुन सक्ने विज्ञहरुले बताएका छन् । उत्तर कोरियाले इमेल तथा मालवेयरको साहायताले ह्याकको प्रयास गरेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस