सोल – दक्षिण कोरियामा कोरोना माहामारी बिरुद्धको खोप ल्याउने तयारी तीब्र रुपमा अगाडी बढाइएको छ । दक्षिण कोरियाका स्वास्थ्य मन्त्री पार्क निउङ्गोका अनुसार हाल सरकारले ३ करोड बढी डोज भ्याक्सिन दक्षिण कोरिया भित्र्याउने तयारी गरिरहेको छ ।
प्रमुख प्रतिपक्षि दल पिपल पावर पार्टीले राखेको प्रश्नको जवाफ दिदै मन्त्री पार्कका अनुसार हाल सरकारले औषधी उत्पादक कम्पनिहरुसँगै छुट्टा छुट्टै कुरा गरिरहेको तथा उनीहरुसँग औषधी ल्याउने बारे सहमति हुनै लागेको छ । हाल दुईवटा अमेरिकी औषधी उत्पादक कम्पनिहरु मोड्रेना तथा फिजरसँग सरकार सहमति नजिक पुगेको छ ।
सोमबार मात्र मोड्रेनाले आफ्नो खोप ९४.५ प्रतिशत प्रभावकारी रहेको बताएको थियो भने फिजरले समेत आफ्नो कम्पनिले उत्पादन गरेको खोप ९० प्रतिशत बढी प्रभावकारी भएको बताएको थियो ।
दक्षिण कोरियाली सरकारले कम्तिमा पनि देशको जनसंख्याको करिव ६० प्रतिशत जनसंख्यालाई भ्याक्सीन लगाउने योजना अघि ल्याएको छ । कोभ्याक्स सँगको सहकार्यमा करिव १ करोड डोज भ्याक्सिन लिइने तथा कम्पनिसँग सिधै कुरा गरेर बाँकी दुई करोड डोज भ्याक्सिन लिइने मन्त्रालयले बताएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस