सोल – दक्षिण कोरियाको राजधानी सोलमा ड्रोन ट्याक्सीको सफल परिक्षण गरिएको छ । सोल महानगर सरकार तथा यातायात मन्त्रालयको संयुक्त लगानीमा सुरु गर्न लागिएको नयाँ शहरी यातायात परियोजना अन्तरगत बुधबार उक्त परिक्षण गरिएको हो । दक्षिण कोरियामा उक्त ड्रोन यातायातका लागि परिक्षण गरिएको पहिलो पटक हो ।
चिनियाँ कम्पनि इहाङले निर्माण गरेको उक्त ड्रोन राजधानी सोलको हान नदि माथिबाट उडाइएको थियो । ५० मिटरको उचाइमा उडाइएको उक्त ड्रोनले ७ मिनेट समयमा ३.५ किलोमिटर दुरी पार गरेको थियो । सोल महानगर सरकार तथा भुमी, संरचना तथा यातायात मन्त्रालयका अधिकारीहरु समेत उक्त परिक्षणमा सहभागी थिए ।
एक जना पाइलट रहने उक्त ड्रोनमा एक जना यात्रु राख्न सकिन्छ । परिक्षणमा भने सुरक्षालाई ध्यानमा राख्दै २० किलो गोटाका ४ वटा चामलका बोरा राखिएको थियो । उक्त ड्रोनले योवीदो, सोङ्गाङ, बामस्योम तथा मापो पूल माथिबाट उडान गरेको थियो ।
८ वटा पंखा रहेको उक्त ड्रोनले सिधै उडान भर्न तथा अवतरण गर्न सक्छ । अधिकतम गति १३० किमी प्रति घण्टाा रहेको उक्त ड्रोनले इञ्चोन अन्तराष्ट्रिय बिमानस्थलबाट योविदो सम्म पुग्न करिव २० मिनेट समय लाग्दछ । सोल महानगर सरकारले प्रकृया पुरा गरेर सन् २०२५ बाट ब्यवसायिक रुपमा नै उक्त ड्रोनलाई हवाई ट्याक्सीका रुपमा प्रयोगमा ल्याउने योजना अनुरुप काम गरिरहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस