सोल – विश्व प्रख्यात कम्पनि सामसुङका प्रमुख ली कुन हीको निधनप्रति दक्षिण कोरियाली राष्ट्रपति मुन जाई ईनले दु:ख ब्यक्त गरेका छन् । उनले मृतक हीको परिवार प्रति साहानुभुति सहितको शोक समबेदना सन्देशको श्रव्य सामाग्री ही निवास पठाउने राष्ट्रपति कार्यालयले जनाएको छ ।
आइतबार ७८ बर्षको उमेरमा निधन भएका ही प्रति समवेदना प्रकट गर्न राष्ट्रपति कार्यालयका आर्थिक विभाग प्रमुख ली हो सियोङ तथा उनका प्रमुख स्वकीय सचिव नोह योङ मीन ही निवास सामसुङ मेडिकल सेन्टर जाने भएका हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता काङ मिन स्योकका अनुसार शोक सन्तप्त परिवारलाई साहानुभुति दिइएको उक्त श्रव्य सन्देश दिवङ्गतका परिवारलाई सुनाइने छ ।
ही सन् २०१४ बाट हृदयघातका कारण अस्पतालमा रहेका थिए । दक्षिण कोरियालाई सन् १९५०-५३ को कोरियाली युद्ध पश्चात आर्थिक सफलता हासिल गर्न हीको महत्वपुर्ण हात रहेको राष्ट्रपति कार्यालयले बताएको छ ।
यता कम्पनिले आफ्ना कम्पनि प्रमुखको शोक कार्यक्रम पारिवारीक माहोलमा मात्र गरिने बताएको छ । कोरोना भाइरस संक्रमणको त्राश रहेकाले ठूलो शोक सभा आयोजना नगरिने परिवारले जनाएको छ । उनको शोक सभाको समाचार संकलन गर्न गएका पत्रकारहरुलाई समेत निवार प्रवेशमा रोक लगाइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस