सोल – उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले हालै आफ्नी बहिनी किम यो जोङ सहित बाढी प्रभावित क्षेत्रमा भइरहेको पुनर्निर्माण गतिविधिको निरिक्षण भ्रमण गरेका छन् । करिव २ महिनाबाट सार्वजनिक कार्यक्रममा नदेखिएकी किमकी बहिनीलाई २ महिना पछि पहिलो पटक उक्त भ्रमणमा देखिएको थियो ।
उक्त भ्रमणका क्रममा किमले बाढी प्रभावित क्षेत्रमा भइरहेका पुनर्निर्माण गतिविधिहरु बारे जानकारी लिएका थिए । किमावा स्थित केन्द्रीय सिमा क्षेत्रमा बाढीले क्षति पुर्याएका सडक , कृषि, दुरसञ्चार पशुपालन, विद्युत लगायतका क्षेत्रको पुनर्निर्माण प्रगति बारे समेत किमले जानकारी लिएका थिए ।
किमले पुनर्निर्माणका कामहरु ८८ प्रतिशत बढी सम्पन्न भएको समाचारसँगै उक्त क्षेत्रको भ्रमण गरेका थिए । निरिक्षण भ्रमण पश्चात प्रतिकृया दिँदै किमले आफ्नो पार्टीको नेतृत्व तथा निर्देशनमा सेनाले गरेको उक्त काम प्रशंशनीय रहेको प्रतिकृया समेत दिएका छन् । उक्त क्षेत्रमा करिव १००० वटा घरहरुको पुनर्निर्माण सम्पन्न भइसकेको छ ।
किमले यो बर्ष सिङ्गो देशका लागि दु:ख र पिडाको बर्ष भएता पनि आफू त्यसरि दु:ख मानेर नबस्ने बरु कडा मेहनत गरेर उक्त दु:ख माथिको बिजयको बर्षको रुपमा यो बर्षलाई लिने समेत उनले बताएका छन् । उनको उक्त भ्रमणमा जुलाईबाट सार्वजनिक कार्यक्रममा नदेखिएकी किमकी बहिनी समेत सँगै उपस्तिथ रहेकी थिइन् ।
उत्तर कोरियाली सञ्चार माध्यम रोडोङ सिनमुनले भ्रमणको ठ्याक्कै मिति नखुलाएता पनि उक्त तस्विरमा किम भन्दा केही टाढा उनकी बहिनी समेत बाढी प्रभावित क्षेत्रको निरिक्षण भ्रमणमा गएको देख्न सकिन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस