सोल – उत्तर कोरियाली सरकारले आफ्ना जासुस विभागका प्रमूखलाई कोरोना नियम पालना नगरेको आरोपमा घटुवा गरेको छ । राष्ट्रिय सुरक्षा मन्त्री जोङ क्योङ थाइकले सरकारको क्यारेन्टाइन नियम नमानेको भन्दै उनको पद घटुवा गरेको हो ।
कोरोना संक्रमणका बेला सिमाना नियन्त्रण गर्न असफल भएको आरोपमा उनलाई सजाय दिइएको हो । समाचारका अनुसार उनलाई चार तारे जेनरलबाट तीन तारे जेनरलमा घटुवा गरिएको हो ।
गत जुलाईमा दक्षिण कोरियाबाट भागेर एक नागरिक उत्तर कोरिया आएको घटनामा जवाफदेयी हुन नसकेको, चीनसँगको सीमा क्षेत्रमा समेत गतिविधिहरु पूर्ण रुपमा नियन्त्रण गर्न नसकेको उनी माथि आरोप लगाइएको छ ।
जुलाई २७ मा मात्र बढुवा भएका उनीलाई उत्तर कोरिया सरकारको नियमित बैठकमा भने सेप्टेम्बर ८ मा मात्र उपस्थित भएका थिए । समाचार अनुसार उनी पहिलो बैठकमा उपस्थित हुँदा नै तारा खोरिसकिएको समाचारमा बताइएको छ ।
उत्तर कोरियाले कोरोना संक्रमण नियन्त्रणका लागि ठूलो कसरत गरिरहेता पनि हाल उत्तर कोरियामा कोरोनाको आशंकामा करिव २०,००० जना क्वारेन्टाइनमा रहेको उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया पुगेका एक शरणार्थिले बताएको समाचारमा बताइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस