सोल – दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनले जर्मन चान्स्लर एञ्जेला मार्केलसँग दक्षिण कोरियाली ब्यापार मन्त्री यो म्युङ हीको विश्व व्यापार संगठनको नेतृत्व तर्फको यात्रामा सहयोग गर्न अनुरोध गरेका छन् । मुन र मार्केज बीचको उक्त कुराकानीलाई निकै अर्थपुर्ण रुपमा समेत हेरिएको छ ।
राष्ट्रपति मुनले करिव २० मिनेट लामो टेलिफोन कुराकानीका क्रममा हाल विश्व ब्यापार संगठनलाई हाँक्न सक्ने एक मात्र शशक्त प्रतिनिधि ही भएको बताएका छन् । योले विश्व व्यापार संगठनको गतिविधिमा विश्वशनियता ल्याउने समेत मुनले बताएका छन् ।
विश्व ब्यापार संगठन प्रमुखको दौडमा होका प्रतियोगिका रुपमा नाइजेरिया, केन्या, साउदी अरब तथा बेलायतबाट रहेका छन् । यी देशका प्रतिनिधिहरु दोश्रो चरणको छनौटमा पुगिसकेका छन् । उक्त छनौट आगामी मंगलबार हुँदै छ ।
दोश्रो चरणको छनौटबाट ५ मध्ये ३ उम्मेद्वारहरुलाई अयोग्य ठहराइने छ र बाँकी २ जनाबाट १ जनालाई १६४ देशका प्रतिनिधिहरुको साझा निर्णयबाट विश्व ब्यापार संगठनको प्रतिनिधि बनाइने छ । उक्त निर्णय नोभेम्बरको पहिलो साता हुन सक्ने समाचारमा बताइएको छ ।
मार्केलले जवाफमा यो उक्त पदका लागि योग्य उम्मेद्वार रहेको तथा उनीमा बिज्ञता समेत रहेको बताएकी छन् । यो ७० बर्षे कोरियाली इतिहासमा ब्यापार क्षेत्रमा उच्च पद प्राप्त गर्ने पहिलो महिला समेत रहेकी छन् ।
यस अघि नै योको समर्थनमा अमेरिका, चीन, सिङ्गापुर, बेल्जियम लगायतका देशहरुले हात उठाइसकेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस