सोल -दक्षिण कोरियाका स्थानीयहरुले छुसक विदा मनाइरहँदा त्यहाँ कार्यरत आप्रवासी कामदारहरुमा भने पीडा थपिएको छ ।
कोरोना भाइरसका कारण रोजगार गुम्दा तथा घर जान नपाउँदा पीडा झनै थपिएको छ । हाल ती बिदेशी कामदारहरु परिवार सम्झन बाहेक केही गर्न सकिरहेका छैनन् ।
नेपालबाट दक्षिण कोरिया रोजगारका लागि आएका ४४ बर्षिय मेघ थापाले भने – “म घर जान चाहान्छु र म जस्तै धेरै नेपालीहरु समेत घर जान चाहान्छन् । बिडम्बना ! घर जान न त प्लेन नै छ न त काम नै । बिना काम कसरि बस्ने? अब हामी के गर्न सक्छौँ ? ”
मार्च २७ मा नेपाल जाने तयारीमा रहेका थापाले करिव ५ बर्ष ख्यंगी प्रान्तको पाजु भन्ने ठाउँमा म्यानुफ्याक्चरिङ अन्तरगत काम गरि परिवारका लागि बचाएको सम्पुर्ण रकम कोरियामा नै सकिन लागेको पिडा सुनाए । उनले भने – ” म घर जान तयार भएर टिकट पर्खिरहेको छु तर जाने कुनै प्लेन नै छैन ” ।
उनी एक प्रतिनिधि पात्र मात्र हुन् । उनी जस्तै करिव ८ हजार जना आफ्नो करार मिति सकिएर घर जान झोला बाँधेर ठीक्क परेर बसेका छन् जो कोरोना महामारीका कारण विमानहरुले उडान बन्द गर्दा दक्षिण कोरियामा नै थन्किएका छन् ।
दक्षिण कोरिया सरकारले ५० दिनको भिसा म्याद त थपिदियो तर उक्त थपिएको अवधिमा काम गर्न भने नपाइने भएकाले दैनिकी झनै कष्टकर बनाएको थापाले बताएका छन् । थापाले नेपाली दुतावासमा घर जान आवेदन दिएका भएता पनि उनको पालो करिव १००० जना पछि मात्र आउने उनी बताउछन् ।
हाल उनी जस्तै आप्रवासी कामदारहरु काम नभएका कारण साथीहरुको कोठामा शरण लिएर बसेका छन् । कतिपयलाई सरकारले डिटेन्शन केन्द्रमा समेत राखेको छ । सरकारले उपलब्ध गराएका कोरोना संक्रमणसँग सम्बन्धित सुविधा समेत प्राप्त गर्न नसक्दा दैनिकी कष्टकर भएको उनीहरु बताउदछन् ।
हालका यी विविध समस्याको समाधानका लागि दक्षिण कोरियाली अधिकारकर्मीहरुले भने भिसा सँगसँगै काम गर्न दिइने अनुमति समेत थप्नु पर्नेमा जोड दिएका छन् । यसो गरिएमा गैरकानुनी काम गर्ने पद्दति हट्ने र भिसा म्याद गुज्रिएर पनि घर जान नपाएकाहरुको दैनिकीमा केही मलमपट्टी लाग्ने अधिकारकर्मीहरुले बताएका छन् । यो समाचार कोरिया हेराल्डको सहयोगमा तयार गरिएको हो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस