सोल – दक्षिण कोरियाको राजधानी सोलमा हालै गरिएकोखएक अध्ययनले कोरियामा बसोबास गर्ने नागरिकहरुमा कोरोना भाइरसका कारण मानसिक समस्या उत्पन्न भएको बताएको छ । उक्त अध्ययन अनुसार राजधानी सोलका हरेक १० जना मध्ये ४ जनामा मानसिक समस्या पाइएको छ ।
१३ बर्षबाट ८० बर्ष उमेर समुहका ३९८३ जनामा गरिएको उक्त अध्ययनमा १४८९ जनाले कोरोना भाइरसका कारण आफूमा मानसिक समस्या उत्पन्न भएको बताएका छन् । उक्त संख्या सर्वेक्षणमा सहभागीहरुको संख्याको ४० प्रतिशत हो । बाँकी ६० प्रतिशतमा समेत सामान्य मानसिक असर परेको अध्ययनले बतताएको छ ।
उक्त अध्ययन राजधानी सोलको महानगर सरकारले जुलाईबाट अगष्ट सम्म सञ्चालन गरेको थियो । उक्त अध्ययनको नतिजा आइबिएम कम्पनिको सहयोगमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर लिइएको थियो ।
सर्वेक्षणमा सहभागीहरुले मानसिक समस्या उत्पन्न हुने प्रमुख कारणका रुपमा आर्थिक समस्या, बचतमा ब्यापक गिरावट, कार्य व्यस्तता, घरबाहिर खुलेर हिड्न नपाइने बाध्यता, परिवारसँगको फाटो आदि रहेका छन् । कतिपयले मास्क लगाउनु पर्दा समेत आफूमा मानसिक समस्या आएको बताएका छन् ।
त्यसका अलावा बेरोजगार, भएको रोजगारी गुमेको, तलवमा कमी लगायतका कारण आफूहरुमा मानसिक समस्या आएको सर्वेक्षणमा सहभागीहरुले बताएको सोल महानगर सरकारले बताएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस