सोल – पछिल्लो पटक उत्तर कोरियाले सीमा क्षेत्रमा गोली हानी एक दक्षिण कोरियाली नागरिकको हत्या गरेपछि दुई देश बीच खटपट सुरु भएको छ । केही दिन अघि उत्तर कोरियाली सर्बोच्च नेता किम जोङ उनले सो घटनालाई लिएर माफी समेत मागेका थिए जुन विरलै मात्र सुनिन्छ ।
किमले माफी मागेको समाचार सेलाउन नपाउदै उत्तर कोरियाले धम्कीपुर्ण तरिकाले दक्षिण कोरियालाई सीमा क्षेत्रमा कुनै पनि गतिविधि नगर्न चेतावनी दिएको छ । उत्तर कोरियाली सीमाक्षेत्रमा मारिएका ति कर्मचारीको लाश खोज्न गएको दक्षिण कोरियाली टोलीलाई लक्षित गर्दै उत्तरले सो भनाई ल्याएपछि दक्षिण कोरिया दोधारमा रहेको छ ।
दक्षिण कोरियाले उत्तरको उक्त बक्तव्यले आफ्नो असहयोगी व्यवाहारको उदाहरण दिएको प्रतिकृया दिएको छ । हाल उक्त घटनामा दुबै देशको कमजोरी रहेको उल्लेख गर्दै दक्षिण कोरियाली राष्ट्रपति मुन जाई इनले संयुक्त आयोग बनाएर घटनाबारे अनुसन्धान गरिनु पर्ने बताएका छन् । त्यस भन्दा अघि मानवताका नाताले मृतकको शरिर भने खोज्न पाउनु पर्ने समेत उनले बताएका छन् ।
दक्षिण कोरियाका रक्षा अधिकारीले ली थर भएका मृतकले उत्तर कोरियालीलाई परास्त गर्न खोज्दा मृत्यु भएको बताएका छन् भने उत्तर कोरियाली अधिकारीले भने उनलाई नियन्त्रणमा लिई अनुसन्धान गर्न खोज्दा भाग्न खोजे पछि मारिएको बताएका छन् ।
उक्त घटनाका माध्यमबाट अन्तराष्ट्रिय समुदायलाई चिढ्याउने उत्तर कोरियाको निती रहेको समेत दक्षिण कोरियाले बताएको छ । उसले विशेष गरि अमेरिकालाई निशाना बनाएको समेत दक्षिण कोरियाले प्रतिकृया दिएको छ । उत्तरले विभिन्न प्रपञ्च रचेरै भएपनि दक्षिण कोरियालाई मृतकको शरिर भेट्न नदिने नियत राखेको समेत दक्षिण कोरियाली रक्षा अधिकारीले बताएका छन् ।
यदि उत्तर कोरिया उक्त घटना प्रति वास्तविक रुपमा नै दु:खी भएको भए छानविन तथा मृतकको शरिर खोज्न सहयोग गर्दथ्यो भन्दै हालको उत्तर कोरियाको गतिविधिले दक्षिण कोरियालाई दोधारमा पारेको समेत रक्षा अधिकारीले बताएका छन् ।
हाल दक्षिण कोरियाली जलसेना दुई देश बीचको समुद्री सीमा “नर्दन लिमिट लाईन (एनएलएल) क्षेत्रमा मृतकको शरिर खोजिरहेका छन् । उक्त क्षेत्रलाई संयुक्त राष्ट्रसंघले दुई देशको सीमा भनेको छ तर उत्तर कोरियाले भने उक्त सीमा आफूलाई अमान्य रहेको समेत बताएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस