सोल – कोरोना भाइरस संक्रमण तथा त्यसबाट उत्पन्न विभिन्न समस्याहरुको मुख्य असर मानिसको मानसिक स्वास्थ्यमा देखिन थालेको छ ।
बिगत ८ महिनादेखि कोरोना संक्रमणकै कारण जारी विभिन्न निषेधाज्ञा, लकडाउन तथा औषधीको अनिश्चताताका कारण मानिसहरुमा मानसिक समस्या बढ्दै गएको हो ।
न्यूरो तथा साइक्याट्रीक एसोसिएसन कोरियाका किम साङ वुकका अनुसार हाल मानिसहरुमा मानसिक अवस्था विकराल बन्दै गएको छ ।
उनका अनुसार जागिर हुनेहरुमा समेत झनक्क रिसाउने, डिप्रेशन लगायतका समस्या आउन थालेका छन् । जागिर गुमाउनेहरुको स्थिति भयावह भएको समेत उनले बताएका छन् ।
यस बर्षको मध्य सम्ममा ५ लाख ९५ हजार ७२४ जनाको मानसिक उपचार गरिएको छ जसमध्ये ३,७४,२२१ जनामा डिप्रेशन देखिएको छ । यो संख्या सिङ्गो सन् २०१९ को भन्दा बढी भएको अधिकारीहरुले बताएका छन् ।
संक्रमणकै कारण उत्पन्न मानसिक समस्याका कारण मानिसमा अनिद्रा, बोलीमा सुस्तता, अरुको कुरा नसुन्ने, कुतर्क गर्ने जस्ता समस्याहरु बढ्दै गएका छन् । ज्येष्ठ नागरिकहरुको स्थिति झनै भयावह भएको सम्बद्ध अधिकारीहरुले बताएका छन् ।
युवा पुस्तामा संक्रमणको असर निकै गहिरो रहेको किमले जानकारी दिएका छन् । जागिर नपाएर भौतारिएका, सरकारी निषेधका नियमहरुद्वारा दैनिक गतिविधिमा अंकुश लागेका कारण डिप्रेशनमा गएका युवाहरुको संख्या उल्लेख्य रहेको उनले जानकारी दिएका छन् । १,७०,७७१ जना २०-३० उमेर समुहका युवाहरुमा डिप्रेशन पाइएको उनले जानकारी दिएका छन् ।
किमले आगामी दिनहरुमा अवस्थालाई थप भयावह हुन नदिन स्वास्थ्य प्रति सचेत सहन, ब्यायाम गर्न, संक्रमणसँग सम्बन्धित समाचारमा ध्यान नदिन सल्लाह समेत दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस