सोल – पटक पटक समुद्री आँधीबाट प्रताडित बनेको उत्तर कोरियालाई रसियाले खाद्यान्न सहयोग गरेको छ । उत्तर कोरियाका लागि रसियन मिसनका अधिकारीका अनुसार रसियाले समुद्री आँधी पश्चात आएको बाढी प्रभावितलाई सहयोगार्थ २५,००० टन गहुँ सहयोग गरेको हो ।
खाद्यान्न भित्र्याउँदा कोरोना संक्रमण समेत भित्रीन सक्ने सम्भावनालाई ध्यान दिँदै कडा स्वास्थ्य सुरक्षा अपनाएर शनिबार उक्त परिमाणको खाद्यान्न उत्तर कोरिया लगिएको रसियन दुतावासले जनाएको छ ।
खाद्यान्न सहयोग पश्चात उत्तर कोरियाले रसियाली जनता तथा सरकारप्रति कोरोना तथा समुद्री आँधीको दु:खका बेला गरेको उक्त सहयोगको मुक्तकण्ठले प्रशंशा गरेको दुतावासले जनाएको छ ।
पछिल्ला हप्ताहरुमा उत्तर कोरियामा तीनवटा शक्तिशाली समुद्री आँधी आएका छन् जसका कारण ठूलो परिमाणमा धननमाल, खाद्य बाली तथा मानिसहरुको हताहती भएको थियो ।
आँधीबारे पर्याप्त गृहकार्य नगरेको भन्दै खरो रुपमा उत्रीएका नेता किम पछिल्लो पटकको प्रभावित क्षेत्र भ्रमणका क्रममा भने केही खुसी देखिएका थिए । उनले पुनर्निर्माण कार्यलाई तीब्रताका साथ अगाडी बढाउन समेत निर्देशन दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस