सोल – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्वीटर मार्फत उत्तर कोरियाली राष्ट्रपति किम जोङ उन बिलकुल स्वस्थ रहेको बताएका छन् । उनले विस्तृत रुपमा केही नखुलाए पनि आफ्नो ट्वीट मार्फत किमलाई हल्का रुपमा नलिन समेत भनेका छन् ।
पछिल्लो समयमा किमको स्वास्थ्य तथा उनकी बहिनीलाई दिइएको थप शक्तिलाई लिएर ३६ बर्षिय किमका बारेमा अनेकौँ समाचारहरु विश्वभरबाट आइरहेका छन् । यता अमेरिकी सरकारका राज्य सचिव माइक पोम्पिओले समेत किमको स्वास्थ्य स्थिति बारे यसै भन्न नसकिने बताएका छन् ।
पोम्पिओले हाल उत्तर कोरिया प्राकृतिक प्रकोप तथा कोरोना महामारीबाट उत्तिकै प्रभावित भएका कारण मानवीय संकट झेलिरहेको समेत बताएका छन् । उनले किमले आफ्ना जनताका लागि गर्ने सबैभन्दा उत्तम निर्णय भनेको आणविक हतियार निशश्त्रिकरण रहेको समेत बताएका छन् ।
यता उत्तर कोरियाले पछिल्लो पटक परिक्षण गरेको अन्तर महादेशीय ब्यालेस्टिक पण्डुवी मिसाइल परिक्षण पश्चात दक्षिण कोरिया तथा त्यहाँ कार्यरत अमेरिकी सैनिकमा चिन्ता थपिएको छ ।
उनीहरुले उत्तर कोरियाले गरेको उक्त परिक्षण बारे शुक्ष्म अध्ययन भइरहेको समेत बताएका छन् । पुकगुकसोङ-३ नामको उक्त ब्यालेस्टिक मिसाइल बारे अनुसन्धान भइरहेको इन्टेलिजेन्स विभागले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस