सोल – उत्तर कोरियाली ह्याकरहरुको संलग्नता रहेको आशंकामा अमेरिकाले २८० बढी क्रिप्टो करेन्सी खाताहरु बन्द गराउने भएको छ ।
चिनियाँ ब्यापारिहरुसँगको मिलेमतोमा ह्याक गरि अरबौँ डलर चोरि गरेको आरोपमा अमेरिकाले उक्त कदम चाल्ने निर्णय गरेको हो ।
सन् २०१७/१८ मा एसियाका पाँच विभिन्न ठाउँबाट करिव ५०० मिलियन अमेरिकी डलर चोरि भएको सुचना आएको थियो । सोही विषयमा अमेरिकी न्याय मन्त्रालयमा उजुरी समेत परेको तथा संयुक्त राष्ट्रसंघ मा समेत उजुरी परेको बताइएको छ ।
हाल अमेरिकाको न्याय विभागमा २८० वटा त्यस्ता अकाउन्ट बारे सुचना आएको र जसमध्ये १४६ अकाउन्टलाई बन्द गरिदिन समेत उजुरी परेको विभागले जनाएको छ ।
पछिल्लो पटक ह्याक गरि करिव १०० मिलियन डलर रकम उत्तर कोरिया पुर्याउन सघाएको भन्दै एक चिनियाँ ब्यापारीलाई कारवाही समेत गरिएको छ ।
यस्ता प्रकारका घटनाबाट उत्तर कोरियाली तथा चिनियाँ ह्याकरहरुको बीचमा सम्बन्ध रहेको बताउदै अमेरिकी सम्पत्ति सुद्धिकरण विभागका अधिकारी ब्रेन र्याबिटले दुबै देशका ह्याकरहरुको बलियो गठबन्धन रहेको बताएका छन् । उनले सम्पुर्ण बैंक ह्याकको आरोप उत्तर कोरियामाथि थुपारेका छन् ।
अमेरिकाले पछिल्लो पटक उत्तर कोरियाली ह्याकरहरु बैङ्कबाट रहक हत्याउन तल्लीन रहेको बताउदै एक चेतावनी समेत जारी गरेको थियो । उसले ति ह्याकरहरु पहिचान गर्ने काम जारी रहेको बताउदै पहिचान भएपछि कानुनि कारवाही गरिने समेत स्पष्ट पारेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस